एउटा हात्ती, बाघ, माछा र बाँदरको परीक्षामा सबैलाई अग्लो पीपलको रुख चढ्नु भन्यो भने को पहिलो होला ? अवश्य, बाँदर नै पहिलो हुन्छ । नेपालको (उज्जवल भविष्यका?) लागि सही नेतृत्त्व रोज्ने प्रश्न पनि यस्तै किसिमको छ । कस्तो नेतृत्वले हाम्रै जीवनकालमा शान्त र समृद्ध नेपाल बनाउने सपना साकार पार्नसक्छ त ? राजनीतिक शक्तिको जन्म कुनै एक सपना साकार पार्ने उद्देश्यका साथ भएको हुन्छ । त्यसका लागि निश्चित मूल्य मान्यता, प्रणाली र संस्कृतिलाई अङ्गीकार गरिन्छ । त्यसको अभ्यास हुन्छ गरिन्छ र त्यही अभ्यास राजनीतिक शक्तिको डीएनए हो । काँग्रेस, एमाले र माओवादीको जन्म क्रमशः जहाँनिया राणा शासन, निर्दलीय पञ्चायती व्यवस्था र[…]
Read more